धनगढी, मंसिर २१ । कैलालीको लम्की–चुहा नगरपालिमा छोराले बुवा र ठुला बुवाको हत्या गरेका छन । लम्की–चुहा ४ बलिया गाँउका जहरीलाल चौधरीले बुवा चक्रा थारु र ठुला बुवा पल्टु थारुको हत्या गरेका जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
हत्या गर्ने चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार आमा द्धीलबहादी देवी चौधरी घाईते भएकी छन । उनको टाउको र बाँया कानमा चोट लागेको छ । उनको लालरत्न अस्पताल लम्कीमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
श्रीमती माईत गएको र आफुलाई नसोधी किन माईत पठाएको भन्दै काठको खन्तीले बुवा, ठुला बुवा र आमालाई ढोका थुनेर हानेको जहरीलाल चौधरीले बयान दिएको प्रहरीले जनाएको छ ।