पाल्पामा एक वर्षमा सम्बन्ध बिच्छेदका ८४ मुद्दा

Diyo post  

 

पाल्पा, मंसिर २२ । आर्थिक वर्ष ०७५÷०७६ मा पाल्पामा चौरासी वटा सम्बन्ध बिच्छेदका मुद्दा दर्ता भएका छन् । तीमध्ये ४१ वटा मुद्दा फस्र्यौट भएको जिल्ला अदालत पाल्पाका तहसिलदार भेषराज खनालले बताएका छन् । फस्र्यौट हुन बाँकी ४३ मध्ये एक मिलापत्र, चार फैसला र दुई फिर्ता भएका छन् ।

त्यस्तै आर्थिक बर्ष ०७४÷०७५ मा एक सय ३३ मुद्दा दर्ता भएको थियो । तीमध्ये एक सय ११ वटा फस्र्यौट भएको थियो भने ०७३÷०७४ दर्ता भएका एक सय २४ वटा सम्बन्ध बिच्छेदका मुद्दामध्ये एक सय वटा फस्र्यौट भएको जिल्ला अदालत पाल्पाले जनाएको छ ।

सम्बन्धित खबर