इपीएल क्रिकेटः पोखराले दिएको २ सय १६ रनको फराकिलो लक्ष्य पछ्याउँदै भैरहवा

दियो पोस्ट  

काठमाडौं, मंसिर २३ । एभरेष्ट प्रिमियर लिग अन्तर्गत आइतबार भएको दोस्रो खेलमा पोखराले भैरहवासामु २ सय १६ रनको लक्ष्य प्रस्तुत गरेको छ । टियू मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको पोखराले २० ओभर खेल्दै ५ विकेटको क्षतिमा २ सय १५ रन बनाउन सफल भएको हो ।

जारी ईपीएलको यो सर्वाधिक ठुलो स्कोर हो । भैरहवासामु २१६ रनको फराकिलो लक्ष्य प्रस्तुत गर्न पोखराका लागि दक्षिण अफ्रिकी खेलाडी ७८ रनको योगदान दिए । उनले ३६ बलमा ७ चौका र ७ छक्का हिर्काएका थिए । त्यस्तै जेम्स कोट्जरले ४७ रन बनाए भने सुनील धमलाले ३८ रन जोडे ।

भैरहवाका कृष्ण कार्की, रायन टेन, अविनास बोहोरा र पुनित मेहेराले एक एक विकेट लिए ।