काठमाडौँ, पुष १० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला कृषि विकास कार्यलय दैलेखका प्रमुखसहित १३ जनाविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ ।
तात्कालिन कार्यलय प्रमुख बरिष्ठ कृषि विकास अधिकृत डा. नरहरी प्रसाद घिमिरे, वागवानी विकास अधिकृत डा. सुर्यनाथ योगी, कृषि प्रसार अधिकृत नरेन्द्र बहादुर थापा लगायत कार्यलयका कर्मचारीहरुले मिलेमतोमा झण्डै एक करोड बराबरको भ्रष्टाचार गरेको भन्दै मुद्धा दायर गरिएको हो ।
उनीहरुले कृषि सामग्री खरिद नै नगरी खरिद गरेको देखाई नक्कली बिल भरपाई बनाएर ९५ लाख ५१ हजार रुपैयाँ बराबरको आर्थिक अनियमितता गरेको अख्तियारले जनाएको छ ।
विउ वितरणमा चरम भ्रष्टाचार भएको सुचनाका आधारमा जिल्ला कृषि विकास कार्यलय दैलेखका कार्यलय प्रमुख बरिष्ठ कृषि विकास अधिकृत डा. नरहरी प्रसाद घिमिरेसहित १३ जना कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेको छ ।
मुद्धा पर्नेहरुमा लेखा अधिकृत ढालबहादुर हमाल, प्राविधिक सहायक गमान सिंह थापा, नायब सुब्बा नमराज थापा, लेखापाल राम कुमार शाह, ताजा तरकारी उत्पादन समूह दैलेखका अध्यक्ष प्रेमबहादुर शाही लगायत १३ जना रहेका छन् ।