काठमाडौं,पुस १० । वैदेशिक रोजगार कसूर मुद्दाका फरार प्रतिबादी मनाङ धारापानी-३ घर भएका उमेश पुन भन्ने राजेशकुमार थापालाई सोमबार बेलुका काठमाडौं बानीयाटारबाट प्रहरीले पक्राउ गरेको छ ।
वैदेशिक रोजगार कसूर सम्बन्धी २ वटा मुद्दाहरुमा वैदेशिक रोजगार न्यायाधिकरणको २०७४ असोज ३० गतेको फैसलाले ३ बर्ष कैद र करिब ३ लाख रूपैयाँ बराबरको जरीवाना फैसला ठहर भई फरार रहेका प्रतिबादी थापालाई केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
थापालाई फैसला कार्यान्वयनको लागि प्रहरीले काठमाडौं जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि केन्द्रीय कारागार कार्यालय सुन्धारा पठाइएको छ ।