काठमाडौं,पुस १३ । सरकारी लगानीका बैंक तथा वित्तीय संस्थाले नागरिकलाई प्रभावकारी सेवा दिन माग गर्दै सांसद रेनुका गुरुङले निजी बैंकको तुलनामा सरकारी बैंकलाई प्रभावकारी बनाउन आग्रह गरे ।
उहाँले सरकारी लगानीका बैंक तथा वित्तीय संस्थाले सञ्चालनमा ल्याएका एटिएम मेसिनको सेवा प्रभावकारी नभएको, नागरिकले हैरानी मात्रै पाएकाले राष्ट्र बैंकले आवश्यक कारवाहीको प्रक्रिया अगाडि बढाउन माग गर्नुभयो । उहाँले एटिएम मेसिनमा पैसा नराखी नागरिकलाई दुःख दिने बैंकका कर्मचारीलाई कारवाही गर्नुपर्नेमा जोड दिएको हो । (रासस)