सडक दुर्घटनामा सरकारले ध्यान दिएन

दियो पोस्ट  

काठमाडौं, पुस १३ । सांसद रेशा शर्माले देशव्यापी रुपमा सडक दुर्घटना बढेको भए पनि त्यसलाई न्यूनीकरण गर्न सरकारको तर्फबाट प्रभावकारी कदम नचालिएकामा गुनासो गरेको हो । उनले वर्षेनी सडक दुर्घटना बढ्दै गए पनि सडक मर्मत तथा सम्भारमा ध्यान नदिइएको, पुराना र थोत्रा सवारी साधन विस्थापनमा ध्यान नदिइएकामा आपत्ति जनाएको हो ।

सांसद नवराज सिलवालले नेपालमा निर्माण भएका ३० हजार किलोमिटर सडकमध्ये एक तिहाइ बढी सडक गलत तवरले निर्माण भएका कारण सवारी दुर्घटनाको मात्रा बढेको जानकारी गराए । उहाँले चालकको लापरवाही, थोत्रा सवारी साधनका कारण दुर्घटना बढेको भन्दै सरकारले ठोस् नीति निर्माणका लागि कार्यदल बनाउन सुझाव दिए ।

त्यस्तै सांसद हितबहादुर तामाङले आफ्नो निर्वाचन क्षेत्र रहेको नुवाकोटमा समेत सडक दुर्घटना हुँदा २१ जनाको ज्यान गएको र थुपै्र घाइते भएको तथ्य पेश गर्दै दोषीमाथि कारवाही गर्न माग समेत गरे। उहाँले फरार भएका चालकलाई पक्राउ गरी कारवाही गर्न र सडक सुरक्षामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएको हो । (रासस)

TATA ADD

सिफारिस