पाँच दिनदेखि तीन बालिका सम्पर्कविहीन

दियो पोस्ट  

सुर्खेत, पुस १५ । सिम्ता गाउँपालिका–९ खानीखोला सुर्खेतका तीन बालिका पाँच दिनदेखि सम्पर्कविहीन भएका छन् ।

हराउने बालिकामा नेपाल राष्ट्रिय मावि सिम्ता कक्षा ९ मा अध्ययनरत १४ वर्षीया निशा सिंह, सोही कक्षामा अध्ययनरत १५ वर्षीया यमुना खत्री र कक्षा ७ मा अध्ययनरत उनकी बहिनी १२ वर्षीया रिसिमा खत्री रहेको जिल्ला प्रहरी कार्यालय सु्र्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

सम्पर्कविहीन तीनै बालिकाको खोजतलास भने तीव्ररूपमा भइरहेको उहाँले बताउनुभयो ।

“१० गते नै सिम्ता गाउँपालिकासँग जोडिएको सल्यान जिल्लाको सल्लीबजारबाट मिलन विकको गाडी चढेका उनीहरू कहाँ गए भन्ने यकिन हुनसकेको छैन”, प्रहरी नायब उपरीक्षक क्षेत्रीले भने, “११ गते मात्र प्रहरीलाई जानकारी हुँदा उनीहरूलाई भेटाउन सकिएन ।”

अहिले भने काठमाडौँ, बुटवल, नेपालगञ्जलगायत नेपालका सबै प्रहरी चौकीमा तीनै बालिकाको फोटोसहितको हुलिया दिएर खोजतलास भइरहेको उनले बताए ।
पुस १० गते विद्यालयबाट हाफटाइममा घर आएर म्याडमले गाली गर्नुहुन्छ भन्दै हतारमा स्कूल गएकी छोरी अहिलेसम्म नफर्केकी निशाकी आमा भगवती सिंहले बताईन ।

सम्बन्धित खबर