सोलुखुम्बु , पौष १५ । कुलुङ जातीहरुको महान पर्व चाक्चाकुरको अवसरमा सोलुखुम्बुको महाकुलुङ गाउपालीकाको छेस्काम स्वास्थ्यय चौकीले कण्डम वितरण गरेको भन्ने समाचार प्रति कुलुङ सघंले आपत्ती जनाएको छ ।
आफ्नो समुदायका पवित्र पर्वकै अवसरमा लागेको मेलामा कण्डम वितरण गरेको भन्ने केहि सञ्चार माध्यममा प्रसारित प्रकासित समाचार प्रति कुलुङ सघंले विज्ञप्ती जारी गर्दै आपत्ती जनाएको हो ।
महाकुलुङ गाउपालीका स्वास्थ्य सम्योजक हरिप्रसाद आर्चयले चाक्चाकुर मेलामा कण्डम वितरण गरेको भन्ने समाचारले समाजमा नकरात्मक सन्देश प्रभाह भएको सघंको ठहर छ । कुलुङ सघंका केन्द्रिय अध्यक्ष चन्द्रसिं कुलुङद्धारा हस्ताक्षरित विज्ञप्तीमा त्यस्ता सम्बेदनाहिन कार्य सम्प्रेशन गर्नुले सञ्चार माध्यम गैरजिम्मेवार बनेको स्पष्ट भएको दाबी गरेको छ ।
कुलुङ जातीहरुको पवित्र पर्व हर्शोउल्लासका साथ मनाउदै गर्दा स्थानिय सरकारको रुपमा रहेको महाकुलुङ गाउपालीका पनि गैरजिम्मेवार बनेको विज्ञप्ति मार्फत आरोप लगाईएको छ । यस घटनाका विषयमा गाउपालीका स्वास्थ्य सम्योजकले सार्वजनिक रुपमा अविब्याक्ति सच्याउनु पर्ने,गाउपालीकाले स्पष्ष्ट धारणा सार्वजनिक गर्दै आगामी दिनुमा यस्तो कार्य नगर्ने प्रतिबद्धता जनाउनु पर्ने तथा सम्बन्धित सञ्चार माध्यमले आफ्नो गल्ती सच्यानु पर्ने विज्ञप्तीमा माग गरिएको छ ।
अन्यथा समाचारको विरुद्धमा आफुहरु लागी पर्ने समेत चेतावानाी दिइएको छ ।यसरी समाचारका विषयमा सबै पक्ष गैरजिम्मेवार भएर बस्नुले सो समाचार नियोजित ढगंबाट सम्प्रेसन भएको गम्भिर आरोप समेत विज्ञप्ती मार्फत लगाइएको छ ।
चाक्चाकुरमा लाग्ने मेलामा युवायुवतीबीच हुने सामिप्यतालाई मध्यनजर गर्दै महाकुलुङ गाउँपालिका ३ छेस्कामका युवाहरुलाई दुई हजार बढि कण्डम वितरण गरिएको समाचार स्थानिय तथा राष्ट्रिय सञ्चार माध्यमहरुमा प्रकासन प्रसारण भएको थियोे ।