काठमाडौं, पुष १६ । फास्ट इन्टरनेट प्रति ग्राहकहरुको बढ्दो चाहनालाई मध्यनजर गर्दै नेपालकै पहिलो र बिशाल ftth (Fiber-to-the-home) इन्टरनेट सर्भिस प्रोभाइडर भायनेट कम्युनिकेसन्स्ले आफ्नो अन्लिमिटेड इन्टरनेटको स्पिडमा बृद्धि गर्दै ग्राहकहरुको लागि ‘गो फर स्पिड, गो फर भायनेट’ योजना बजारमा ल्याएको छ ।
स्पिड बृद्धि गर्ने क्रममा भायनेटले २० एमबिपिएस लाई बढाएर ३० एमबिपिएस बनाएको छ भने ३० एमबिपिएस लाई बढाएर ४० एमबिपिएस बनाएको छ । वार्षिक ग्राहकहरुले ३० एमबिपिएस इन्टरनेटको लागि प्रति महिना १२ सय, ४० एमबिपिएस इन्टरनेटको लागि प्रति महिना १४ सय र ६० एमबिपिएस इन्टरनेटको लागि प्रति महिना १७ सय २० तिर्नुपर्नेछ । यसका साथै ग्राहकहरुले ५५ एच्डी र १ सय ३५ वटा एस्डी च्यानलहरु रहेको नेट टि.भी समेत निःशुल्क प्राप्त गर्न सक्नुहुनेछ । यो योजना अन्तर्गत भायनेटले ग्राहकहरुलाई ३ महिना र ६ महिनाको लागि पनि विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराउने छ ।
सन् १९९९ मा स्थापित भायनेट कम्युनिकेसन्स्ले भरपर्दो र राम्रो मूल्यमा ब्रोडब्यान्ड इन्टरनेट सर्भिस प्रदान गर्नमा सधैं अगाडी रहिआएको छ । सन् २०११ देखि भायनेट कम्युनिकेसन्स्ले फाइबर अप्टिक्स् इन्टरनेट FTTH इन्टरनेट सर्भिस शुरुवात ग¥यो र यो क्षेत्रका घरहरु र अफिसहरुलाई FTTH सेवाले जोड्न सफल भएको छ । आफ्नो सेवालाई काठमाडौं बाहिर विस्तार गर्दै भायनेटले हाल बनेपा, बुटवल, बिराटनगर, विरगंज, चितवन, हेटौंडा र पोखरामा समेत आफ्नो सेवा सुचारु गरेको छ ।