ए डिभिजन लिगः जावलाखेल र आर्मी बराबरमा रोकिए, व्रिगेडब्वाइजद्धारा फ्रेण्डस पराजित

दियो पोस्ट  

काठमाडौँ, पुष १६ । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टिम त्रिभुवन आर्मी क्लब जावलाखेल युथ क्लबसंग गोलरहित बराबरीमा रोकिएको छ ।

हल्चोकस्थित एपीएफ मैदानमा पाएको मौका सदुपयोग गर्न नसक्दा आर्मीले जावलाखेलसंग अंक बाडेको हो । बराबरीसंगै आर्मीले लिगको तेस्रो स्थानमा उक्लने मौका गुमाएको छ ।
आर्मीले १२ खेलबाट २२ अंक जोडेको छ । जावलाखेल १२ अंक जोडेर तालिकाको नवौं स्थानमा छ ।

अर्को खेलमा ब्रिगेड ब्याइजले फ्रेन्ड्सलाई तीन शुन्यले हरायो । खेलको १५ औं मिनेटमा काजिम बुसारीको गोल मार्फत अग्रता बनाएको ब्रिगेड ब्याइजले ४६ औं मिनेटमा दोस्रो गोल गर्यो ।

यसपटकपनि काजिमले नै गोल गरे । त्यसपछि खेलको इन्जुरी समयको दोस्रो मिनेटमा अब्दु निसाहले गोल गर्दै फ्रेन्ड्सलाई तीन शुन्यले हरायो । जितपछि ब्रिगेड ब्याइजले नौ अंक बनाएको छ । फ्रेन्ड्सको पनि नौ अंक नै छ ।