एमाले छाडेका घनश्याम भुसाल एकीकृत समाजवादीमा जाँदै

दियो पोस्ट  

काठमाडौं । नेकपा (एमाले) छोडेर स्वतन्त्र रूपमा चुनाव लडेका घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी) प्रवेश गर्ने भएका छन्।

भुसाल एक–दुईभित्र एकीकृत समाजवादीमा आबद्ध हुन लागेको उच्च स्रोतले जानकारी दिएको छ ।

मंसिर ४ को निर्वाचनमा एमालेले छोडेर भुसाल रूपन्देही १ बाट स्वतन्त्र उम्मेदवार बनेका थिए। उनलाई तत्कालीन सत्ता गठबन्धनले समर्थन गरेको थियो। गठबन्धनका तर्फबाट त्यो क्षेत्र नेकपा माओवादी केन्द्रलाई परेको थियो।