काठमाडौं। सत्ता गठबन्धन दलहरूबीच मन्त्रालय भागवण्डा सकिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल गरेसँगै मन्त्रालय भागबण्डा करिब टुंगोमा पुगेको हो ।
स्रोतका अनुसार आठ सांसद बराबर एक मन्त्रालय हुने गरी मन्त्रालय भागबण्डा गरेको हो । जसअनुसार एमालेले कूल मन्त्री र दुई राज्यमन्त्री पाउने भएका छन् ।
हाल उपप्रधानमन्त्री रहेका विष्णु पौडेलले अर्थ मन्त्रालय सम्हालिसकेका छन् । बाँकी मन्त्रालयको भागबण्डा नटुंगिएकाले ११ पुसमा शपथ लिएका एमालेका तीन मन्त्रीले विभागीय जिम्मेवारी पाएका छैनन् ।
सरकारको नेतृत्व गरेको माओवादीले चार मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । माओवादीबाट उपप्रधानमन्त्री भएका नारायणकाजी श्रेष्ठले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारीमा छन् । बाँकी मन्त्रालय टुंगिन बाँकी रहेको छ ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले तीन मन्त्री लिने लगभग सहमति जुटेको छ । रास्वपा सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री भइसकेका छन् । उसले अब स्वास्थ्य तथा जनसंख्या र युवा तथा खेलकुद मन्त्रालय पाउने निश्चित भएको छ ।
राप्रपाले उर्जासहित दुई र जनता समाजवादी पार्टी ९जसपा०ले शहरी विकास र अर्को एक मन्त्रालय पाउने भएको छ । जनमत, नागरिक उन्मुक्ति र लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०ले एक–एक मन्त्रालय पाउने भएको छ ।