बरहथवा घटना : गोली चलाउने प्रहरीलाई कारबाही गर्न सिफारिस

दियो पोस्ट डेस्क  

काठमाडौं । सर्लाहीको बरहथवामा प्रहरीको गोली लागेर युवकको मृत्यु भएको घटनामा गोली चलाउने प्रहरीलाई कारबाही हुने भएको छ।

घटनाको छानबिनका लागि बनेको समितिले गोली चलाउने प्रहरीलाई कारबाही सिफारिस गरेको हो।

पुस २० गते बरहथवा नगरपालिकामा प्राथमिक स्वास्थ्य चौकी स्तरोन्नतिको विषयमा झडप हुँदा प्रहरीको गोली लागेर जयशंकर साहको मृत्यु भएको थियो।

त्यसपछि गृह मन्त्रालयले सचसचिव थानेश्वर गौतमको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको थियो।

बहरथवामा प्रहरी वरिष्ठ हवल्दार सोनेलाल यादवले गोली चलाएको खुलेको थियो।