काठमाडौं । कोशी प्रदेशसभा सार्वजनिक लेखा समितिले बढ्दो बेरुजूबारे छलफल सुरु गरेको छ । समितिले महालेखा परीक्षकको छैटौँ प्रतिवेदन माथिको प्रारम्भिक छलफल सुरु गरेको हो ।
शुक्रबार प्रदेशसभा सचिवालयमा बसेको समितिको बैठकले मन्त्रालयका साथै निकायहरुलाई बेरुजुको सन्दर्भमा फर्छ्यौट हुनु पर्ने तथा नियमित हुनु पर्ने विषय, विवरणहरूसहितको स्पष्ट धारणा समेटिएको कागजात र राय १५ दिन भित्र जवाफ पेस गर्न निर्देशन दिएको छ ।
‘बेरुजुका सम्बन्धमा प्राप्त कागजात माथि सचिवालयले पुनः बुझ्न सम्बन्धित लेखा उत्तरदायी अधिकारी र सम्बन्धित आर्थिक प्रशासन शाखा प्रमुख समेतलाई बैठकमा आमन्त्रण गरी महालेखा परीक्षक प्रतिनिधिको उपस्थितिमा दफावार छलफल गर्ने’, बैठकको निर्णय सुनाउँदै लेखा समितिका सभापति राजन किराँतीले भने ।