काठमाडौं । ललितपुरको जावलाखेलमा अवस्थित डी.ए.भी. कलेज (प्लस टु) ले उपत्यकाव्यापी छैटौँ फुटसल प्रतियोगिता आयोजना हुने भएको छ ।
खेलकुदका माध्यमबाट विद्यार्थीहरूमा अनुशासन मित्रता तथा सहअस्तित्वको भावना अभिवृद्धि गर्ने उद्देश्यले यही १६ गते बाट आयोजना गर्न लागेकाे हाे ।
कलेजका प्रिन्सिपल सुमन बस्नेतका अनुसार आफ्नै फुटसल मैदानमा सञ्चालन हुने उक्त देशकै सर्वाधिक धनराशिको प्रतियोगितामा विजेता टिमलाई रु. ३ लाख नगद, ट्रफी तथा प्रमाणपत्र र उपविजेता टिमलाई रु. २ लाख नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिने बताएका छन् । साथै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक तथा उत्कृष्ट खेलाडीलाई जनही रु. १५ हजार प्रदान गरिने बताए ।
ऐतिहासिक रूपमा सञ्चालन गरिने उक्त प्रतियोगितामा सुरुमा दर्ता हुने उपत्यकाका ४० वटा टिमलाई मात्र सहभागी गराइने बताइएको छ ।