भारत, चीन र इसराइलका लागि नवनियुक्त राजदूतले लिए शपथ

दियोपोस्ट संवाददाता

काठमाडौँ । भारत, चीन र इसराइलका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उनीहरूले शपथ लिएका हुन् ।

भारतका लागि निश्चलनाथ पाण्डे, चीनका लागि कल्याणराज शर्मा र इसराइलका लागि सुरेशकुमार कर्ण राजदूतमा नियुक्त भएका हुन् ।

राष्ट्रपति पौडेलले उनीहरूलाई सोमबार नै सम्बन्धित मुलुकका लागि राजदूतमा नियुक्त गरेका थिए ।

सम्बन्धित खबर