मलेसियामा एकै महिनामा कुल सवारीको ६१ प्रतिशत बिक्री भयो प्रोटोनको ई.मास कार

दियोपोस्ट संवाददाता

काठमाडौँ । मलेसियाको विद्युतीय सवारी बजारमा प्रोटोनको ई.मास ५ कार एक्लैले झन्डै ५० प्रतिशतको हिस्सा ओगटेको छ । सन् २०२६ को अक्टोबर महिनामा मलेसियामा बिक्री भएको कुल कारको झन्डै ५० प्रतिशत हिस्सा प्रोटोनकै ई.मास फाइभ कारले ओगटेको हो ।

मलेसियामा गत अक्टोबर महिनामा कुल ४ हजार ५९२ थान विद्युतीय सवारीसाधन बिक्री हुँदा प्रोटोनको ई.मास ५ कार मात्रै २ हजार २६२ थान बिक्री भएको हो । जुन ईभी बजारको कुल बिक्रीको ४९ दशमलव ३ प्रतिशत रहेको छ ।
अक्टोबर महिनामा मलेसियामा कुल ४ हजार ५९२ थान विद्युतीय सवारी दर्ता भएका थिए, जुन सेप्टेम्बर महिनाको भन्दा २३ दशमलव ८ प्रतिशतले कमी हो । विद्युतीय सवारी बिक्रीमा यो तथ्यांक गत फेब्रुअरी महिना यताकै सबैभन्दा न्यून बिक्री हो ।

अक्टोबर महिनामै प्रोटोनकै ई.मास ७ कार पनि ५५४ थान विक्री भएको छ । प्रोटोनको यी दुई मोडलकै बिक्रीलाई हेर्दा मलेसियामा बिक्री भएका विद्युतीय सवारीसाधनको ६१ दशमलव ३ प्रतिशत हिस्सा प्रोटोनको ईमास कारले ओगटेको छ ।

मलेसियामा ईभी सवारीसाधनको बिक्रीमा केही गिरावट आएको भए पनि सर्वाधिक बिक्री हुने सवारीसाधनको सूचीमा प्रोटोनको ई.मास कार अग्रपङ्क्तिमा छ र अन्य कम्पनी र मोडेलका सवारीसाधनलाई धेरै पछाडि पारेको छ ।

अक्टोबर महिनामै हाइब्रिड सवारीको दर्ता सङ्ख्या पनि ५ हजार २३ पुगेको छ, जुन यस वर्ष दोस्रो पटक पूर्ण विद्युतीय सवारीको दर्ताभन्दा बढी भएको हो । यो तथ्यांकले मलेसियाको विद्युतीय तथा वैकल्पिक ऊर्जा सवारी बजारमा उपभोक्ताको रोजाइ र बजारको बदलिँदो प्रवृत्तिलाई देखाउँछ, जहाँ उपभोक्ताले विद्युतीय सवारीसाधनको माग गरिरहेका छन् ।

मलेसियामा प्रोटोनको ई.मास कारको विक्री र माग बढेसँगै नेपालमा समेत यसको माग बढ्ने आयातकर्ताले दाबी गरेको छ । विश्व बजारमा लोकप्रिय बन्दै जाँदा यसले नेपाली बजारमा पनि सकारात्मक प्रभाव पार्ने र माग बढ्ने आयातकर्ता जगदम्बा मोटर्सले जनाएको छ । नेपालमा प्रोटोन कारको आयातकर्ता शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्स प्रालि रहेको छ ।

नेपालमा प्रोटोनको ई.मास ५ कार प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छन् । नेपालको कम्प्याक्ट इलेक्ट्रिक एसयुभी सेगमेन्टमै पहिलो रियर–ह्विल ड्राइभ लेआउट रहेको ई.मास ५ मा ४ दशमलव ९५ मिटरको टर्निङ रेडियस, रियर मल्टि-लिंक सस्पेन्सन, ८५ किलोवाटको मोटर, ४० किलोवाटआवरको सिएटिएल एलएफपी ब्याट्री र भेहिकल-टु-लोड (भि-टु-एल) क्षमता जडित रहेको छ । ईमास ५ मा ७० लिटरको फ्रन्ट ट्रंक (फ्रङ्क), ३७५ लिटरसम्म बिस्तार गर्न सकिने पछाडिको लगेज स्पेस र ३२ वटा स्टोरेज कम्पार्टमेन्ट समेत रहेको छ भने १४ दशमलव ६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो सुविधा समेत रहेको छ । नेपालमा ई.मास ५ कारको मूल्य ३२ लाख ९९ हजारबाट सुरु भई भेरियन्ट र सुविधा अनुसार फरक फरक रहेका छन् ।

प्रोटोन ई.मास ७ भने प्राइम र प्रिमियम भेरियन्टमा उपलब्ध छन् । यो कारमा ४१० किलोमिटरसम्मको डब्लुएलटिपि रेन्ज दिने एजिस सर्ट ब्लेड ब्याट्री, १२-इन-१ इन्टिग्रेटेड मोटर र डीसी फास्ट चार्जिङ सुविधासमेत रहेको छ । ई.मास ७ मा १५ दशमलव ४ इन्चको २.५ के टचस्क्रिन, १६ स्पिकरयुक्त फ्लाइम साउन्ड सिस्टम, एप्पल कारप्ले, एन्ड्रोइड अटो, विन्डशील्ड हेड-अप डिस्प्ले (एचयुडि) र भेहिकल-टु-लोड (भि-टु-एल) सुविधा पनि रहेको छ । नेपालमा ई.मास ७ कारको मूल्य भने ४९ लाख ९९ हजारबाट सुरु छ ।

को हो जगदम्बा मोटर्स ?

९ दशकभन्दा लामो समयदेखि व्यावसायिक क्षेत्रमा सक्रिय रहेको शंकर ग्रुप नेपालको चर्चित व्यावसायिक समूहमध्ये एक हो । यसै ग्रुप मातहत रहेको जगदम्बा मोटर्सले नेपालमा प्रोटोन ई.मास कारहरूको आयात गरिरहेको छ । प्रोटोन मलेसियासँगको सहकार्यमा जगदम्बा मोटर्सले व्यवस्थित बिक्री तथा सेवा सञ्जाल विस्तार, ग्राहक केन्द्रित पहल र गुणस्तरीय सेवा सुनिश्चित गर्दै नेपालमा प्रोटोनको उपस्थिति थप सुदृढ बनाउने लक्ष्य लिएको जनाएको छ । प्रोटोनको ई.मास कारको आफ्टर सेल्स सर्भिसलाई ध्यानमा राख्दै गुणस्तरीय सर्भिस सेन्टर स्थापना गरिएको समेत कम्पनीले जनाएको छ ।