३ सय रुपैयाँको सामान खरिद गर्ने राम श्रेष्ठले जिते १० लाख रुपैयाँ

दियोपोस्ट संवाददाता

काठमाडौँ । भक्तपुरको सूर्यविनायक-४ निवासी राम श्रेष्ठले १० लाख रुपैयाँको उपहार जितेका छन् । करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत ३०० रुपैयाँको सामान खरिद गरेका श्रेष्ठले १० लाख रुपैयाँको उपहार जितेका हुन् ।

राष्ट्रिय कर दिवसको अवसरमा आयोजित कार्यक्रममा नयाँ विजेताको नाम घोषणा गरिएको हो । विजेताको नाम नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले घोषणा गरेका हुन् ।

यसैगरी, हरेक दिन एक जनालाई एक लाख रुपैयाँका दरले प्रदान गरिने प्रोत्साहन उपहारअन्तर्गत १५ जना उपभोक्ता पनि विजेता बनेका छन् ।

करदातालाई सामान खरिद गर्दा बिल लिने र बिक्री गर्दा बिल दिने बानीको विकास गराउनुका साथै समयमै कर तिर्न प्रोत्साहित गर्ने उद्देश्यले सरकारले यस्तो कार्यक्रम सञ्चालन गर्दै आएको छ।

सम्बन्धित खबर