छठ पूजास्थल तोडफोड गरेको आरोपमा दुई युवक पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौँ । सुनसरीमा छठ पूजास्थल तोडफोड गरेको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरिनगर गाउँपालिका-६ का १९ वर्षीय रिजवान मन्सुरी र सोही ठाउँका २१ वर्षीय मोहम्द जहुर मियाँ रहेका छन् ।

उनीहरूले आइतबार साँझ करिब ७ः३० बजे हरिनगर-६ स्थित टपरा अर्नमा घाटमा तोडफोड गरेको आरोप छ । भक्तजनले साँझको छठ पूजा सम्पन्न गरी घर फर्किएपछि पूजास्थलमा तोडफोड भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

घटनापछि प्रहरीले पूजास्थल पुनर्निर्माण गरी पूर्ववत् अवस्थामा ल्याएको जनाएको छ  । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।