
काठमाडौँ । विश्वप्रसिद्ध टायर ब्रान्ड मिशेलिनको प्रिमियम प्यासेन्जर कार टायर सिरिज ‘मिशेलिन प्राइमसी ५’ नेपाली बजारमा उपलब्ध भएको छ । नेपालका लागि मिशेलिनको आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रालिमार्फत उक्त टायर नेपाली बजारमा भित्र्याइएको हो ।
गुणस्तर, प्रविधि र नवीनताका लागि अन्तर्राष्ट्रिय बजारमा परिचित मिशेलिनको प्राइमसी ५ आधुनिक प्यासेन्जर कारलाई लक्षित गरी तयार गरिएको प्रिमियम टायर सिरिज हो । यसले नेपाली उपभोक्तालाई आफ्नो सवारीसाधनको आवश्यकता र मोडलअनुसार अन्तर्राष्ट्रिय ब्रान्डको टायर छनोट गर्ने थप अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ ।
मिशेलिन प्राइमसी ५ नेपालमा पाँचवटा साइजमा उपलब्ध हुनेछ । कम्पनीका अनुसार १९५/५५ आर १६, २०५र६० आर १६, २०५/६५ आर १६, २१५/६० आर १६ र २१५/६० आर १७ साइजमा यो टायर उपलब्ध हुनेछ ।
उपलब्ध साइजमध्ये २१५/६० आर १७ हुन्डाई क्रेटा, किया सेल्टोस, जिप कम्पास, बीवाईडी एट्टो २, बीवाईडी एट्टो ३ तथा नामी बक्सका लागि उपयुक्त रहेको छ ।
त्यस्तै, २०५/६० आर१६ साइज हुन्डाई तथा किया पुराना सेडान, सुजुकी ब्रेजा र फोर्ड इकोस्पोर्टका लागि उपलब्ध हुनेछ । २०५/६५ आर१६ साइज हुन्डाई क्रेटा तथा किया सेल्टोसका लागि उपयुक्त छ ।
१९५/५५ आर१६ साइज हुन्डाई आई २०, सुजुकी बलेनो, हुन्डाई एक्सेन्ट, फोर्ड फिएस्टा, टाटा अल्ट्रोज, होन्डा सिटी, किया रियो, सुजुकी स्विफ्ट तथा फक्सवागन पोलोलगायतका सवारीसाधनका लागि उपलब्ध हुनेछ ।
यसैगरी, २१५/६० आर१६ साइज हुन्डाई भेन्यु, किया सोनेट, सुजुकी ब्रेजा, टाटा नेक्सन तथा टाटा कर्भका लागि उपयुक्त हुने कम्पनीले जनाएको छ ।
सिप्रदी अटोपार्ट्सले अन्तर्राष्ट्रिय स्तरका प्रतिष्ठित अटोमोटिभ ब्रान्ड तथा गुणस्तरीय उत्पादन नेपाली उपभोक्तामाझ उपलब्ध गराउँदै आएको छ । मिशेलिनको प्राइमसी ५ सिरिज नेपाली बजारमा ल्याउनु पनि उपभोक्ताको अन्तर्राष्ट्रिय स्तरका उत्पादनसम्म पहुँच विस्तार गर्ने प्रयासको निरन्तरता भएको कम्पनीको भनाइ छ ।
अब ग्राहकले आफ्नो सवारीसाधनअनुसार उपयुक्त टायरको साइज, उपलब्धता तथा खरिदसम्बन्धी थप जानकारी सिप्रदी अटोपार्ट्सबाट प्राप्त गर्न सक्नेछन् ।