काठमाडौँ । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आईटीएफ) को आयोजनामा २५ औं राष्ट्रिय आइटिएफ तेक्वान्दो प्रतियोगिता संचालन हुने भएको छ । प्रतियोगिता आउँदो बैशाख ४ देखि ५ गतेसम्म काठमाडौंमा हुने भएको हो ।
सोही अवधिमा दोश्रो यु-१५ विद्यालयस्तरीय आईटीएफ तेक्वान्दो प्रतियोगिता पनि काठमाडौंमा हुने आयोजक महासंघका महासचिव घमबहादुर थापाले जनाए । राष्ट्रिय टेक्निकल सेमिनार चैत २९ देखि ३० गतेसम्म काठमाडौंमा हुने उनले जानकारी दिए ।
महासंघका अध्यक्ष प्रवीणकुमार कार्कीको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो ।