काठमाडौँ, पुस २५ । लिभरपुल फुटबल क्लवका फरवार्ड मोहम्मद सलाहलाई अफ्रिकन बर्ष खेलाडी घोषित गरिएको छ । इजिप्टका राष्ट्रिय खेलाडीसमेत रहेका सलाहलाई मंगलबार राति सेनेगलमा भएको एक विशेष कार्यक्रमका साथ उक्त अवार्ड प्रदान गरिएको हो ।
२६ बर्षिय सलाहले लगातार दोस्रो पटक अप्रिकन बर्ष खेलाडीको उपाधी हात पारेका हुन् । यसअघिको बर्षमा पनि सलाहले सो अवार्ड हात पारेका थिए । उनले लिभरपुलका अर्का खेलाडी साडियो माने र गाबोन तथा आर्सनलका खेलाडी पेरिक एम्रिक आबुमियाङलाई पछि पारे ।
सन् २०१८ मा राष्ट्र र क्लबमा गरेको प्रदर्शनको आधारमा सलाहले अवार्ड हात पारेका हुन् । गत सिजन ४८ गोल गरेका सलाहले लिभरपुललाई च्याम्पियन्स लिगको फाइनलमा पुर्र्याएका थिए ।
महिलातर्फ दक्षिण अफ्रिकाकी थेम्बी गाट्लानाले जितिन् । यस्तै सलाह अफ्रिकन ड्रिम टिममा समेत अटाएका छन् ।