नेप्से ३ दशमलव २९ अंकले घट्यो

दियो पोस्ट  

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक बिहिबार ओरालो लागेको छ । नेप्से परिसुचक तीन दशमलव २९ अंकले घटेर एक हजार १६६ दशमलव २१ कायम भयो भने कारोबार रकम ५३ करोड २२ लाख रुपियाँ बराबरमा सीमित भयो ।

आज धेरै कारोबार गर्नेमा शिवम् सिमेन्टस रहेको छ । जसको कारोबार नौ करोड २१ लाख रुपियाँ बराबरको भएको छ । त्यसैगरी, दोस्रो धेरै कारोबार गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । जसको कारोबार तीन करोड ११ लाख रुपियाँ बराबरको भएको छ ।

त्यस्तै, आज उत्पादन मूलक समूहको सूचक एक प्रतिशतभन्दा धेरैले उकालो लागेको छ भने होटल समूहको सूचक तीन प्रतिशतभन्दा धेरले ओरालो लागेको छ ।

त्यसैगरी, माइक्रो फाइनान्स र हाइड्रोपावर समूहका सूचक शून्य प्रतिशतभन्दा धेरैले उकालो लागेका छन । आज बाँकी रहेका अधिकाशं समूहका सूचकमा शून्य प्रतिशतभन्दा धेरैको गिरावट जारी छ ।