काठमाडौँ, पुष २५ । चितवनमा ट्यांकरको ठक्करबाट दुई जनाको मृत्यु भएको । चितवनबाट जाँदै गरेको प्रदेश ३÷०२००५ प ४३४७ नम्बरको मोटरसाईकललाई विपरित दिशाबाट आउँदै गरेको ना ७ ख ४६६० नम्बरको ट्यांकर दिँदा गोरखा घर भएका दुईजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा गोरखा भीमसेन थापा गाउँपालिका– ४ का ३५ बर्षीय इन्द्र बहादुर तामाङ र सोही स्थानका २५ बर्षीय सुगम तामाङ रहेका छन् । ठक्करबाट गम्भिर घाइते भएका उनिहरुको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय चितवनका सुचना अधिकारी डिएसपी एकनारायण कोइरालाले बताएका छन् ।
ठक्कर दिने ट्यांकर र चालकलाई प्रहरीेले नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ ।
मृतकका परिवार शुक्रबार बिहान ३ बजे नै चितवन मेडिकल कलेज पुगेका छन् । मृतक इन्द्र र सुगमको शव पोस्टमार्टमका लागि सरकारी अस्पताल लगिएको उनिहरुले बताएका छन् ।