कर्णाली याक्सले चितवन राइनोजलाई दियो १५४ रनको लक्ष्य

दियोपोस्ट संवाददाता

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबार भएको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १५४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५३ रन बनाएको हो ।

कर्णालीका लागि हुसेन तलतले उत्कृष्ट ब्याटिङ गर्दै अविजित ५१ रन बनाए  । उनले ३३ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

त्यस्तै, ओपनर अरिफुल इस्लामले आक्रामक ब्याटिङ गर्दै १५ बलमा ४ चौका र २ छक्काको मद्दतमा ३५ रन जोडे ।

कर्णालीले दिएको १५४ रनको लक्ष्य पछ्याउँदै चितवन राइनोजले अब जवाफी ब्याटिङ गर्नेछ ।