
काठमाडौं, २ पुस । गायीका आस्था राउतले प्रहरीलाई अश्लिल गाली गरेको भिडियो यतिबेला भाइरल छ । विमानस्थल प्रहरीले आफूलाई दुर्व्यबहादर गरेको भन्दै आस्थाले फेसबुक लाईभमा अश्लिल शब्द समेत प्रयोग गरेर प्रहरी संगठनलाई मात्रै होइन नेपाललाई समेत गाली गरेकी छिन् ।
आस्थाको भिडियो पछि प्रहरीले घटनाबारे छानबीन गर्न समिति नै बनाईसकेको छ । तर, आफूलाई ‘सेलिब्रेटि’ भन्न रुचाउने आस्थाको शब्दहरु भने एउटा सचेत नागरिकले सुन्न सक्ने अवस्थाको छैन ।
‘तिमीहरुको नेपालमा ३३ किलो सुन छिर्छ । ज्यानमारा छिर्छ, ड्रग्स छिर्छ , स्मगलर छिर्छ तिमिहरुको नेपालमा,’ उनले यसरी पटक पटक तिमीहरुको नेपालमा भन्दै नेपाल र नेपालीको हुर्मत लिने काम गरेकी छिन् । नेपाली दर्शक र स्रोताकै मायाँको आधारमा सेलिब्रेटि बनेकी उनले एउटा प्रहरीको दुर्व्यबहारको अपजस आम नेपालीलाई मात्रै लगाएकी छैनन । सिंगो देशको समेत बद्नामी गरेकी छिन् । केही दर्शकले आस्था राउतको देश कुन हो भन्दै प्रश्न गरेका छन् ।
‘लेडिजले लेडिजलाई रेसपेक्ट छैन ? कलाकारको रेसपेक्ट, भ्यालु छैन साला गोजिमा छाम्नुस् न तपाईँ मेरो हातमा कपि छ , मलाई ढिला भइसक्यो भन्दा ‘खोल् ज्याकेट !’ त्यही हो बोल्ने तरिका ? पुलिस हो कि फुलिस हो । यो पुलिस भन्ने स्लोगान हटा । ठूलाले मात्र हजुर, आईस्योस् भन्ने,’ आस्थाले भनेकी छिन्,‘तलको पिउसो, प्युपा, सिपाही, सिपाहीनी, डण्ठे, हवलदारले चाही तँ भन्ने ? तल रुट गन्धा छ, तिमीहरुको रुट्समा किरा फट्याङ्ग्रा छ मल जल गर् , कुहिएको छ तिमिहरुको रुट्स । युनिफर्म लाएको भन्दैमा फुर्ती नलगाओ, एट लिस्ट । कसलाई तँ भनेको ओई ?’
उनको अश्लिलताको हद भिडियोमा देख्न सकिन्छ ।
सभ्य समाजलाई नै चुनौती दिने आश्थाले प्रहरीकी महिला कर्मचरीलाई डण्ठेनी भन्दै गाली गरेकी छिन् ।
‘त्यो डण्ठिनीलाई भेटेँ भने त त्यसको डण्ठा मुखबाट छिराएर कहाँबाट निकाल्छु माकस्सम मलाई थाहा छ । हाँगाबिगामा फुल भएर भएर हुँदैन जरा कुहिएको छ । ‘मेक योर रुट्स स्ट्रङ’ । तलका गन्धगीहरुलाई सुधार्नुस् । रिह्याविटेशन सेन्टर, भन्नुहुन्छ , जेललाई सुधार गृह भन्नुहुन्छ । तपाईँको डण्ठे पिउसा पिउपाहरु चाहीँ कहिले सुध्रिने । तिनिहरुको बोली सुध्रिने । प्लिज टेक इट एज अ सजेशन’ । एउटा नेपाली छोरीको कडा आवाज मान्नुुस अथवा नराम्रै सोच्नुस्,’ उनले भनेकी छिन्, ‘वर्दीको रेस्पेक्ट गरेको हुँ । नगरेको भए मैले पनि धेरै कुरा भन्न सक्थे ।’
सिक्कीममा आयोजियत रिम्बि मेलामा भाग लिन जान लागेकी आस्थाले आफुलाई नेपाल र नेपालीले अलिकती पनि सम्मान नदिएका भन्दै चर्को आलोचना गरेकी छिन् । ‘सिक्कीम जानु छ , सिक्कीममा कति वाहवाही छ । रिम्बी मेलामा आस्था राउत आउने भनेपछि वेस्ट सिक्कीम नै हल्लिएको छ । त्यति धेरै तामझाम र सम्मान छ’ गाडीमा टाँसिएको पोस्टर देखाउँदै भिडियोमा उनले भनेकी छिन्, ‘भद्रपुर विमानस्थलमा भीआइपी गेस्ट आउँदै हुुनुहुन्छ भनेर भनेका रहेछन् । सई सापले त देख्नुभएन होला , उहाँले देख्नुभएको भए मलाई चिन्नु हुन्थ्यो होला । ’
आफुले देशमा रहेका युवाहरुलाई गीत मार्फत सशक्त बनाएको तथा महिला शसक्तीकरणको मुद्धालाई गीत बाट उठान गरेको उनले बताइन । आफुले देशको लागि त्यति धेरै काम गर्दा आफुलाई भने सम्मान नदिइएको उनको धारण थियो । ‘कलाकार देशको गहना भन्छन्, कहाँ झुण्ड्याउने गहना हो ?’ उनले निकै तल्लो स्तरको भाषा प्रयोग गर्दै प्रश्न गरेकी छिन् ।
भिडियोमा उनले आफुलाई गाउनका लागि अफर आएका गीतहरु छाडेको कारणले समेत अन्य कलाकारहरुले रोजगार पाएको सम्म भन्न भ्याएकी छिन् । ‘ मैले गाउन नमानेका गीतहरुले अहिले मिलियन्स भ्युज पाएका छन्’, उनले भनेकी छिन्, कमसेकम मैले ती गीतहरु छोडेको कारण नै अन्यले रोजगार पाएका छन् ।’