
धादिङ, माघ ७ । धादिङमा आइचर दुर्घटना भएको छ । जिल्लाको निलकण्ठ नगरपालिका वडा नम्बर ८ स्थित मैदी भञ्ज्याङ को ज्यामिरे मोडमा दुर्घटना भएको हो ।
मण्डली दर्शन गरेर फर्किएको ग १ ख ८०१२ नम्बरको जिप दुर्घटना हुँदा ६ जनाको दुर्घटनास्थलमै मृत्यु भएको बताइएको छ । दुर्घटनामा कम्तिमा पनि ३५ जना व्यक्ति घाइते भएका छन् । घाइतेहरुलाई जिल्ला अस्पताल धादिङमा पुर्याइएको धादिङ जिल्ला अस्पतालका सुचना अधिकारी बिक्रम बिकले दियोपोस्टलाई बताएका छन् ।

दुर्घटनाका ४ जना गम्भिर घाइतेहरुलाई काठमाडौँ रिफर गरिसकेको उनले बताए । जिल्ला प्रशासन कार्यलयको सम्वयमा केही गम्भिर बिरामीहरुलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइने तयारी भइरहेको समेत उनले बताएका छन् ।

दुर्घटनामा घाइतेहरुको उद्धारका कार्य चलिरहेको कारण यकिन बिबरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यलय धादिङका सुचना अधिकारी रुपक खड्काले बताएका छन् । ट्रकमा करिब ४० यात्रु सवार रहेको बताइएको छ । तीब्र गतीका कारण ट्रक दुर्घटना भएको प्रत्यक्ष्यदर्शीहरुले बताएका छन् ।