काठमाडौं । पाकिस्तानी राष्ट्रिय क्रिकेट टीमका ओपनिङ ब्याट्सम्यान मोहम्मद रिजवान नेपालमा आएर क्रिकेटर सन्दीप लामिछानेसँग भेट गरेका छन् । नेपाली टीमलाई राखिएको होटलमा रिजवान सन्दीपबीच भेट भएको हो ।
टीम म्यानेजर तलाह मोहम्मदलाई लिएर रिजावान आइतबार नेपाल आएका हुन् । सन्दीपलाई भेटेपश्चात उनीहरू आज १२ बजे स्वदेश फर्किँदैछन् । रिजवानले सन्दीपलाई आफूलाई मानसिकरूपमा बलियो बनाउन सल्लाह दिएका थिए ।
अर्का क्रिकेटर सलाहले भने यसअघि जेलमा पनि सन्दीपलाई भेटेका थिए । सुन्धारास्थित केन्द्रीय कारागारमा रहँदा उनले सन्दीपलाई भेटेर गएको स्रोतको भनाई छ । सलाहले नै रिजवानलाई लिएर आएका हुन् ।
सन्दीपले अधिकांश अन्तर्राष्ट्रिय फ्रेन्चाइजहरूमा खेलेका कारण विश्वका धेरै क्रिकेटरहरूसँग उनको दोस्ती छ । पाकिस्तानी लिगमा खेल्दा रिजवानसँग उनको सम्बन्ध भएको हो । रिजवान अहिले टी(२० क्रिकेटमा सर्वाधिक सफल ब्याट्सम्यानमा पर्छन् ।