नेपाल एसबीआई र कालिञ्चोक दर्शन बीच व्यावसायिक सम्झौता

दियो पोस्ट डेस्क  

काठमाडौं । नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड र कालिञ्चोक दर्शनबीच व्यावसायिक सहकार्यका लागि सम्झौता भएको छ ।

नेपाल एसबीआई मर्चेन्ट बैंकिकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र कालिञ्चोक दर्शन लिमिटेडका प्रमुख कार्यकारी अशोक शिवाकोटीले सहमतिपत्रमा बिहीबार हस्ताक्षर गरेका छन् । उक्त सहमतिपत्रमा कालिञ्चोक दर्शन लिमिटेडका अध्यक्ष बालकृष्ण शिवाकोटीले पनि उपस्थितिमा हस्ताक्षर गरेका हुन् ।

सहमतिपत्र अनुसार नेपाल एसबीआई बैंकिकमा डिम्याट खाता खोलेका र खोल्ने ग्राहकहरूलाई कालिञ्चोक दर्शन गर्न जाँदा केबलकारमा १० प्रतिशत छुट पाइने छ ।