सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लाभांश घोषणा

दियो पोस्ट डेस्क  

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

कम्पनीको माघ २१ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत (कर प्रयोजनार्थ सहित) का दरले हुन आउने ३० करोड ८७ लाख २० हजार ४८९ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

इन्स्योरेन्सले प्रस्ताव गरेको उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति भइ आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।