वायुसेवा निगमले तत्काल दुईवटा जहाज भाडामा ल्याउने

दियोपोस्ट संवाददाता

काठमाडौं । अन्तर्राष्ट्रिय उडानका लागि वायुसेवा निगमले तत्काल दुईवटा जहाज (लिज) मा ल्याउन लागेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले सामाजिक सञ्जालमार्फत यसको खुलासा गरेका हुन् ।

निगमले लिजमा लिन लागेको दुई वटा न्यारोबडी जहाज आन्तरिक नभएर अन्तर्राष्ट्रिय उडानका लागि रहेको मन्त्री किरातीले बताएका छन् ।

मङ्गलबार अन्तर्राष्ट्रिय बोलकबोल आह्वान गर्दै निगमले दुई वटा न्यारोबडी जहाज लिजमा लिन लागेको जनाएको छ । २२ मार्च २०२४ सम्म ४५ दिने अन्तर्राष्ट्रिय टेन्डर आह्वान गरेको निगमले जहाजको मात्र भाडामा लिने जनाएको छ ।

प्रवक्ता रमेश पौडेलका अनुसार जहाजको भाडा, खर्च र आम्दानीको सम्बन्धमा निगमले गृहकार्य गरिरहेको छ ।