कृषि विकास बैंकले यस पटक लाभांश नदिने

दियो पोस्ट डेस्क  

काठमाडौं । कृषि विकास बैंकले यस पटक सेयरधनीलाई कुनै लाभांश नदिने भएको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकमा गत आर्थिक वर्षको वित्तीय विवरणमाथि छलफल हुँदा लाभांश वितरण नगर्ने निर्णय भएको हो ।

यस बैंकले गत आर्थिक वर्ष भने सेयरधनीलाई ११ प्रतिशत नगद तथा २ प्रतिशत बोनस सेयर दिएको थियो । त्यस्तै आर्थिक वर्ष २०७८/७९ मा १ प्रतिशत नगद र २० प्रतिशत बोनस सेयर दिएको थियो ।

नेपाल सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार शेयर पूँजीमा समेत वार्षिक ६ प्रतिशतले हुने नगद लाभांश रकम समेत प्रदान गर्ने निर्णय गरेको छ । यस्तो लाभांश हरेक वर्ष प्रदान गर्दै आएको छ । बिहीबार बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता २४२ रुपैयाँ रहेको छ ।