काठमाडौं । रामेछापका शंकर बर्देवा दुबई बस्न थालेको १० वर्ष भयो । सन् २०१४ मा वैदेशिक रोजगारीका लागि दुबई पुगेका उनको केही वर्षअघि गोरखा घर भएका जेशन भाई भनिने जेशन रसाइलीसँग भेट भयो । जेशनले शंकरको भेनाजुलाई दुबईमा काम लगाइदिए । त्यसपछि उनको विश्वास झनै बढ्दै गयो । त्यसको केही समयपछि जेशनले नेपाली कामदार चाहिएको शंकरलाई जानकारी दिए ।
त्यसपछि शंकरले यता हजुर बुवा नाता पर्ने व्यक्ति पहिलेदेखि नै मेनपावरको काम गर्ने भएका कारण आफ्नो हजुर बुवालाई मान्छे पठाउन भने तर हजुरबाबुले अहिले आफूसँग मान्छे नभएको बताएपछि शंकरले नेपालमै व्यवसायी गरेका उनका काकालाई यो कुरा सुनाए । “जेशनले मलाई यहाँको होइन नेपालकै मान्छे चाहियो सेक्युरिटीको काम छ । तलब महिनाको १८ सय १२ घण्टा डिउटी हो । आउन लागत भने १ लाख ५० हजार है दाई भनेर कुरा गर्यो,’ शंकर सुनाउँछन्,“दुबईमा पनि त्यस्ता कामदारहरुको आवश्यक हुन्थ्यो मैले जेशन भाईलाई छ भने तर उनले नेपालबाट आउने नै चाहिन्छ भनेपछि मैले यहाँ मेरो अन्कलको कपडा फ्याक्ट्रीमा काम गर्ने केही मान्छेहरु पनि विदेश जान तयार भए । उसलाई मान्छे चाहिएको भएर नै अंकललाई भनेको थिएँ ।”
जेशनले एकैपटक विभिन्न बैंक अकाउन्ट शंकरलाई पठाए । “उनीहरुको डकुमेन्ट पठाउन लगाएकाहरुको भिजाको पैसा ३०/३० हजार मागेपछि भिजा पनि निकालेर दियो । मलाई एकैपटक विभिन्न बैंक अकाउन्टहरु जेशनले पठाए तर मैले त्यो बेला अब दुबईमा तलबबाहेक अन्य पैसा खातामा आयो भने बैंकले ईन्क्वेरी गर्ने भएर यो खाता बनाएको होला भनँे तर अहिले मलाई जेशनले यसरी फसाउछ भन्ने थाहा नै थिएन,’ उनी सुनाउँदै गए,‘जेशनले उनीहरुको आवश्यक डकुमेन्ट पठाइसकेपछि भिजाका लागि सुरुमा ३०/३० हजार मागे ।’
यहाँबाट वैदेशिक रोजगारीमा ऋण गरेर सबैले १ लाख ५० हजार रुपैयाँ जेशनले भनेको खातामा जम्मा गरिदिए । त्यसपछि जेशनले भिषा र टिकट पठाए । छोटो समयमा नै भिजा आएको भन्दै यता नेपालमा पैसा पठाउने कामदारहरु खुसी भए । तर एयरपोर्टमा चेकजाँचका क्रममा थाहा भयो जेशनले पठाएको टिकट र भिषा त नक्कली पो रहेछ ।
“मबाट चिनजान भएको र मैले नै अन्कललाई भनेका भरमा अब साहुको भतिजबाट जान लागेका उनीहरुले विश्वास गरेका थिए । तीन पटकसम्म जेशनले टिकट नक्कली काटेर पठाएको रहेछ,’ शंकर भन्छन्,‘अहिले आएर थाहा पाएँ म त जेशनबाट ठगिएछु । मलाई विश्वास गरेर १५ जना व्यक्तिले २२ लाख ५० हजार रुपैयाँ जेशनले भनेको खातामा जम्मा भएको छ ।’
“विश्वासमा परेर मैले आज हरेक चिज गुमाउदै गएको छु”
त्रिभुवन विमानस्थल पुगेपछि तीन पटकसम्म आफ्नो भिषा र टिकट नक्कली भएको चाल पाएका पीडितहरुले अहिले शंकरलाई तारो बनाएका छन् । तीन पटकसम्म नक्कली टिकट भएको थाहा भएपाछि शंकरले दुबईमा जेशलाई खोजी गरेका थिए ।
“तेस्रो टिकट पनि नक्कली पठाएपछि मैले उही (दुबई)मा खोज्न थालेँ । जेशन भन्ने मान्छेलाई खोज्न मात्रै मैले त्यो बेला १५०० दिराम सकाएको छु,’ उनी भन्छन् ।
“आमाको मृत्युको १३ दिनपछि त्यहाँको वडा कार्यालयमा गएर यति पैसा यो दिनमा तिरिसक्नु पर्छ भनेर कागज बनाएको छ । त्यो दिनभित्रमा मैले तिर्न पनि सकेको छैन । तर म सबै पीडितहरुको सम्पर्कमा छु । तर केही गर्न सकेको छैन । ”
शंकरकी श्रीमती काठमाडौंमै बस्थिन् बाँकी परिवार भने गाउँमै थिए । पीडितहरुले कसैगरि नम्बर श्रीमती र आमाको मोवाइल नम्बर पत्ता लगाएर बारम्बार फोन गर्न थाले । तिनै पीडितहरुले मनसिक तनाव दिदा नै आफ्नी आमाले आत्महत्या गरेको शंकरको भनाई छ ।
“जेशनको माध्यमबाट काम गर्दा मैले आज हरेक चिज गुमाउनु परेका छ । विश्वासमा पर्दा जीवन नै डामाडोल भयो । यहाँ जति पनि पीडित हुनुहुन्छ । उहाँहरु सबैले मेरो आमालाई फोन गरेर थर्काउन थालेछन् । आमालाई टचर दिन थालेछन्,” उनले भने,“ यी पीडितहरु तेरो छोराले यस्तो गर्यो उस्तो गर्यो भने तनाव दिएपछि त्यो सहन नसकेर आमाले आत्महत्या नै गर्नु भयो । ढाई महिना अघि मात्रै आमाले मुसाको औषधी खाएर आत्महत्या गर्नु भयो । आमाको ज्यान त गयो गयो अहिले मलाई आफ्नो ज्यान जोगाउन पनि गाह्रो भइरहेको छ ।”
१५ जनाको १ लाख ५० हजारका दरले २२ लाख ५० हजार रकम विभिन्न माध्यमबाट ठगी भएको शंकर स्विकार छन् । तर त्यो रकम आफूहरुले नलिएको उनको दाबी छ । आफ्नो खातामा आएको ५५ हजार रकम उनले स्वदेश आउने बित्तिकै उनीहरुलाई नै फिर्ता गरेको उनको भनाई छ ।
“मैले उनीहरुको पैसा चलाएको छैन भन्ने हो भने ५५ हजार रकम चलाएको हो । तर म दुबईबाट आउनेबित्तिकै त्यो रकम निकालेर लौ है मैले तिमीहरुको खाएको पैसा यत्ति हो भनेर फिर्ता दिएको हो । बाँकी उनीहरुको रकम मेरो खातामा आएको छैन ।” उनले भने ।