सरस्वती पूजा हेर्ने बहानामा डेरामा पुर्‍याएर बलात्कार, किशोर पक्राउ

दियो पोस्ट  

काठमाडौ । सरस्वती पूजा बोलाएर बलात्कार गरेको आरोपमा एक किशोर प्रक्राउ परेका छन् । फकाइफुल्याई लहानस्थित आफ्नो डेरामा पुर्‍याएर १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिराहाको सुखीपुरबाट एक किशोरलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार सुखीपुर नगरपालिका– २ घर भएका करिब १८ वर्षीय निकेशकुमार यादवलाई सुखीपुर प्रहरीले पक्राउ गरी बिहीबार बिहान करिब ५ बजेतिर इलाका प्रहरी कार्यालय लहानलाई बुझाएको छ।

सरस्वती पूजा हेर्न आउनु भन्दै जिल्लाको सीमावर्ती गाउँबाट बालिका ‘परिवर्तित नाम–०८० लहान’ लाई लहान नगरपालिका– १ स्थित अरुणकुमार यादवको घरमा रहेको आफ्नो डेरामा पुर्‍याएर बुधबार दिउँसो करिब २ बजेतिर बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

बालिकाले आफूमाथि भएको घटनाबारे सुनाएपछि परिवारको जाहेरीको आधारमा मध्यरातमा सुखीपुर प्रहरीबाट पुगेको प्रहरी टोलीले आरोपी किशोरलाई सुतिरहेको अवस्थामा घरबाट नै पक्राउ गरेको हो।

TATA ADD

सिफारिस