ओखलढुंंगा । ओखलढुंगाको सुनकोसी गाउँपालिका–९ का वडाध्यक्ष हितराज कार्कीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । माग १९ गते राष्ट्रियसभामा कोशी प्रदेशबाट उम्मेदवार दिएकी चम्पादेवी कार्कीको बारेमा वडाध्यक्ष हितराजले सामाजिक सञ्जालमा लेखिएको स्टाट्सलाई आफ्नो चरित्रहत्यको संज्ञा दिदै चम्पादेवीले साईबर अपराध कसुरमा उजुरी दाएर गरेकी थिईन् ।
स्थानीय निर्वाचनमा वडाध्यक्षमा नेकपा एमालेबाट निर्वाचित हितराज कार्कीले जनयुद्धका नाममा राजनीतिक शोषण गरेको भन्दै चम्पादेवी कार्कीको तिव्र आलोचना गरेका थिए । उनले फेसबुकमा लेखेका छन्,“आज एउटा खुसीको दिनकी यो मानेमा जनयुद्धको नाममा लुटतन्त्र, बिजुली बाल्छु भनेर गाउँका सोझा सिधा जनताको करोठौं रकम हिनामिना, राजनीतिक रुपमा शोषण गरेर अकुत सम्पत्तिको मालिक कोशी प्रदेशमा भएको राष्ट्रिय सभा निर्वाचनमा हार्नु भएकोमा हार्दिक बधाई ।” साथै उनले जनताको नासो जनातलाई नै फिर्ता गर्नेकी भन्दै वडाध्यक्ष हितराजले प्रश्न समेत गरेका छन् । “अब मुलखर्केली जनताको नासो जनतालाई नै फिर्ता गर्ने कि ? अर्को मस्ते तामाङ बनाउने जिम्मेवारी हजुरकै हातमा छ ।” हितराजले सामाजिक सञ्जाल फेसबुकममा लेखेका थिए ।
महान जनयुद्धको नाममा जोडेर आफ्नो चरित्र हत्या गरेको भन्दै उनले माघ २२ गते साइबर अपराधमा उजुरी दिएकी हुन् । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका मुद्धा शाखा प्रमुखका अनुसार साईबर अपराध उजुरीपछि अदालतबाट समेत पक्राउ पुर्जी जारी जानकारी दिएका छन् । पक्राउ पुर्जी जारीपछि वडाध्यक्ष कार्की प्रहरीको फरार सूचीमा छन् । भने ओखलढुंगामा यी दुई कम्युनिष्ट पार्टीका कार्यकर्ताकै तहबीच आरोप–प्रतिआरोप चल्दै आएको छ । पछिल्लो समय यो घटनाले समेत राजनीतिकरुप लिएको छ ।