काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने पहेँलो रंगको अर्धठोस वस्तुसहित एक जना पक्राउ परेका छन् ।
करिब ८ सय ५५ ग्रामसहित भारतीय नागरिक ३५ वर्षीय शरिफ अहमद अब्दुल गफुर सोमबार राति पक्राउ परेका हुन् ।
उनी फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा अवैध रूपमा लुकाई छिपाई भन्सार छलि लैजान लागेको उक्त वस्तुसहित उनलाई प्रहरीले पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि भन्सार कार्यालय पठाइनेछ ।