काठमाडौ । नेपाली कांग्रेस ओखलढुङ्गा प्रतिनिधि सभाका सांसद रामहरि खतिवडाले ओखलढुङ्गा चिसंखुगढी ३ बस्ने यमबहादुर श्रेष्ठका छोरा भुवन श्रेष्ठ पाँच वर्षदेखि दुबईको जेलमा रहेको बताउँदै उनीलाई छुटाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै खतिवडाले दुवईमा घाईते भएका नवलपरासीका बाबुराम आलेलाई अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएपछि सो अभियोगमा श्रेष्ठ जेलमा छन् । बाबुरामको मृत्यूको कारण भूवन श्रेष्ठ भएको भन्दै परिवारले ५० लाख ब्लडमनि मागेको थियो ।
दुवई जेलमा रहेका श्रेष्ठले ब्लडमनि बराबरको ५० लाख नबुझाए यसै महिना उनलाई मृत्युदण्ड दिने दुवई सरकारले घोषणा गरेको खतिवडाले बताएका छन् । त्यस्तै धादिङ निवासी पहलमान मगर पनि पाँच वर्षदेखि दुवई जेलमा रहेको समते खतिवडाले बताएका थिए ।
सांसद खतिवडाले सरकारलाई भुवन श्रेष्ठ र पहलमान मगरलाई ब्लडमनि तिरेर स्वदेशमा ल्याउने पहल गर्न आग्रह गरे । उनले प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई त्यसका लागि पहल गर्न ध्यानाकर्षण गराएका थिए । आफना नागरिकको जिवन रक्षा गर्न समेत उनले सरकारसँग आग्रह गरेका छन ।
त्यसै गरि हमास युद्धका बेला अपहरणमा परेका विपिन जोशीको अवस्था के छ त्यसबारे सदनलाई जानकारी गराउन पनि माग गरेका थिए । खतिवडाले रसिया युक्रेन युद्धमा नेपालीहरू मारिने अवस्था रहेकोहुँदा उनीहरूलाई सुरक्षितरूपमा नेपाल ल्याउने वातावरण मिलाउन समेत सरकारसमक्ष आग्रह गरेका छन् ।