वीर अस्पतालमा गरिएको सेवा कटौती र जनस्वास्थ्य माथि गरिएको गैरजिम्मेवारी विरुद्ध प्रदर्शनी

दियो पोस्ट डेस्क  

काठमाडौं । वीर अस्पतालमा गरिएको सेवा कटौती र जनस्वास्थ्यको माथि गरिएको गैरजिम्मेवारी विरुद्ध नेत्र विक्रम चन्द नेतृत्वको अखिल (समाजवादी) केन्द्रीय समितिले आईतबार विरोध प्रदर्शनी गरेको छ ।

वीर अस्पतालमा स्वास्थ्यकर्मी कर्मचारीको व्यवस्था गर, मन्त्री संसदको भत्ता वीर अस्पतालमा लगानी गर लगायत विभिन्न माग राखी विरोध प्रदर्शनी गरिएको हो ।

प्रदर्शनकारीहरुले हातमा वीर अस्पतालमा स्वास्थ्यकर्मी कर्मचारीको व्यावस्था गर, राणाले खोलेको अस्पताल गणतन्त्रले बन्द गर्दैछ, मन्त्री, सांसदको भत्ता खारेज गर, वीर अस्पतालमा लगानी गर, सरकारी अस्पतालको स्तर उन्नति कायम गर जस्ता लेखिएका प्याम्प्रेट बोकी प्रर्दशन गरिरहेका छन् ।

    

TATA ADD

सिफारिस