काठमाडौं । निर्वाचन आयोगले वैशाख १५ मा दुई ठाउँको उपनिर्वाचन गर्ने भएको छ। आयोगको फागुन १३ गते बसेको बैठकले नेपाल सरकारसँगको परामर्शमा इलाम–२ (प्रतिनिधि सभा) र बजाङ १ को क (प्रदेश सभा)को निर्वाचन तोकेको हो।
इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङ र बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ क को प्रदेश सभा निर्वाचनबाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएको थियो।