काठमाडौं । न्याय परिषद्ले दुई जना न्यायाधीशलाई बर्खास्त गरेको छ। आइतबार बसेको परिषद्को बैठकले उच्च अदालतका न्यायाधीश डा नवराज थपलिया र जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई बर्खास्त गरेको हो।
परिषद् बैठकले दुवै न्यायाधीशलाई बर्खास्त गर्न सर्वोच्च अदालतमा पत्र पठाएको छ। बैठकले उनीहरुको आचरण र कार्यक्षमतामा प्रश्न उठाई बर्खास्तका लागि पत्र पठाएको हो।