काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विवादित मन्त्रीहरुले आफूमाथि उठेका प्रश्नहरुको संसदमा उभिएर जवाफ दिनुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सभापति लामिछानेले विवादित मन्त्रीहरुले आफूहरुमाथिको आरोप निराधार हुन भने संसदमा आएर जवाफ दिनुपर्ने बताएका हुन् ।
उनले सभामुखले पटक–पटक रुलिङ गर्नुभएको भन्दै मन्त्रीहरुलाई संसदमा उभिएर जवाफ दिन के ले रोकेको छ ? भनि प्रश्न समेत गरे । उनले सार्वभौम संसदलाई लडाई र आरोप–प्रत्यारोपको क्षेत्रजस्तो किन बनाइँदैछ ? भनि प्रश्न समेत गरे ।
लामिछानेले सरकारले मिटरब्याज पीडितहरुको समस्या समाधान नगरेको पनि बताए ।