काठमाडौं । माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छ ।
बुधबार बिहान बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय सभा अध्यक्षमा आफ्नो दलबाट पनि उम्मेदवार उठाउने निर्णय गरेको हो । राष्ट्रियसभा अध्यक्षमा उमेदवारी दिने निर्णयले गठबन्धनमा कुनै असर नपर्ने माओवादी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।