काठमाडौं । जलवायु न्यायको लागिविश्व समुदायको ध्यानाकर्षण गराउन नेपाली महिलाको टोली कालापत्थरतर्फ प्रस्थान गरेको छ । जलवायु परिवर्तनले हिमालपग्लिएको र यसले स्थानिय समुदायमापारेको असरबारे विश्व समुदायको ध्यानाकर्षण गराउनअन्र्तराष्ट्रिय महिलादिवस २०२४ को अवसरमा नेपालीमहिला टोलीकालापत्थरतर्फ प्रस्थान गरेको हो ।
जलवायु परिवर्तन तथामहिला सशक्तिकरण क्षेत्रमाक्रियाशिल सामाजिक संस्था ‘साथसाथै’को आयोजनामाबिहिबार महिलाको टोलीले काठमाडौँबाट प्रस्थान गरेको हो । उक्त टोलीमाविभिन्न क्षेत्रमा अग्रणी भुमिकानिर्वाह गरेका २५ जनामहिला सहभागी छन् ।
जलवायु न्यायकालागिविश्व समुदायको ध्यानाकर्षण गर्न आफुहरुको पदयात्राआजदेखि सुरु भएको साथसाथैकीअध्यक्षप्रजिताकार्कीले बताइन् । ‘हाम्रो कार्यक्रमआजदेखि सुरु भएको छ’ उनले भनिन्, ‘लुक्लादेखि नाम्चेबजार हुदै कालापत्थरसम्महाम्रो पदयात्राहुनेछ । जलवायु न्यायकालागिहामीले कालापत्थर पुगेर राष्ट्रिय तथाअन्र्तराष्ट्रिय निकायको ध्यानाकर्षण गराउँदै आएका छौ ।’ कालापत्थर पुगेर स्थानीयतहकाजनप्रतिनिधि र समुदायसँगजलवायु परिवर्तनले पारको असरबारे अन्तरक्रियागर्नेसमेत उनले बताइन् ।
बिहिबार अर्थात् फागुन १७गते काठमाडौबाट लुक्ला प्रस्थान गरेको उक्त टोलीले फागुन १९ गते स्याङ्बोचेमा स्थानीयजनप्रतिनिधि र स्थानिय समुदायसँगअन्तरक्रियागर्ने कार्यक्रम रहेको छ । स्याङ्बोचेको कार्यक्रमपछि पदयात्रागर्दै फागुन २५ अर्थात् मार्च ८ माकालापत्थर पुग्ने कार्यक्रम छ । यसपटकको कार्यक्रमको नारा ‘जलवायु न्यायकालागि सरकार र समुदायलाई जोड्न महिला सशक्तिकरण’ राखिएको छ । कार्यक्रममार्फतहिमालपग्लिँदा स्थानिय समुदायमा परेको असर, कृषि र पर्यटन क्षेत्रमापरेको मारबारे ध्यानाकर्षण गराइनेछ ।
यसअघि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि सोलुखुम्बुको स्याङ्बोचे पुगेर जलवायु परिवर्तन र यसको असले पग्लिरहेको हिमालको विषयप्रतिविश्व समुदायको ध्यानाकर्षण गराएकाथिए ।
तस्बिर : साथसाथैको फेसबुक पेजबाट