अदालतले दियो शर्मिला वाइबालाई चार दिन हिरासतमा राख्न अनुमति

दियो पोस्ट  

काठमाडौं । कलाकार पवन खतिवडा ‘म्याकुरी’माथि कुटपिट गरेको आरोपमा पक्राउ परेकी शर्मिला वाइबालाई चार दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ।

काठमाडौं जिल्ला अदालतले कुटपिटको कसुरमा अनुसन्धानका लागि चार दिनको अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

बुधबार सिन्धुपाल्चोकबाट पक्राउ परेकी शर्मिलालाई काठमाडौं ल्याइएको थियो । उनलाई अहिले महाराजगञ्ज परिसरमा राखिएको छ ।

शर्मिलाविरुद्ध हास्यकलाकार पवन खतिवडा म्याकुरीले जाहेरी दिएका थिए । पवन र उनकी श्रीमतीबीचको विवादमा शर्मिलाले पवनकी श्रीमतीलाई उचालेर कुटपिट गरेको आरोप लागेको छ ।

TATA ADD

सिफारिस