काठमाडौँ । नेपाली कांग्रेस नवलपरासी (पश्चिम) क्षेत्र नं.१ मा आज मंगलबार बृहत् र्याली आयोजना गरिएको छ। आसन्न आम निर्वाचनलाई लक्षित गर्दै पार्टीले शक्ति प्रदर्शनसहित र्याली आयोजना गरेको हो।
यस क्षेत्रबाट विनोद चौधरी आगामी फागुन २१ गते हुने आम निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका छन्। उनी २०७९ सालको निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भई सांसद बनेका थिए।
र्यालीमार्फत पार्टीले चौधरीलाई पुनः विजयी गराउन अपिल गर्दै क्षेत्रको समग्र विकास, रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य र पूर्वाधार विस्तारलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएको छ।
पार्टीका स्थानीय नेताहरूका अनुसार आगामी निर्वाचनमा व्यापक जनसमर्थन प्राप्त हुने विश्वास व्यक्त गरिएको छ।
