तालुकान, माघ २६ । अफगानिस्तानको उत्तरी प्रान्त ताकहारको खावजा घार जिल्लामा सुरक्षाकर्मी र तालिबान लडाकूबीच भएको भिडन्तमा परी १४ जनाको मृत्यु भएको छ ।
शनिबार भएको यस घटनामा परी मृत्यु भएका मध्ये छ र प्रहरी आठ विद्रोही लडाकू रहेका जिल्ला गभर्नर मोहम्मद ओमरले बताए ।
उहाँले मृत्यु भएका मध्ये छ जना प्रहरी रहेपनि आठ जना भने विद्रोही पक्षका लडाकू भएका बताए ।
“तालिवान लडाकूको एउटा समूहले सुरक्षा कार्यालयमा आक्रमण गरेको थियो, स्थानीय समयानुसार बिहान ०७ बजे खावजा घार जिल्लामा आक्रमण भएको हो,” ओमरले खुलासा गरे ।
(रासस/सिन्ह्वा)
ट्रेन्डिङ खबर उपलब्ध छैन।