एभिन्युज टेलिभिजन छाडेका तीन पत्रकारमाथि व्यवस्थापनको ‘प्रतिशोध’, महासंघमा उजुरी

दियोपोस्ट संवाददाता

काठमाडौं, २८ माघ । आफूले काम गरेको चर्चित मिडिया हाउसबाटै पत्रकारहरुलाई चोरीको आरोप लागेपछि पत्रकार महासंघमा उजुरी परेको छ । राजधानीबाट प्रशारण हुने एभिन्युज टेलिभिजनका तीन पत्रकारका विषयमा सोमबार एक पत्रिकामा आश्चर्यजनक सुचना सार्वजनिक भयो ।
जसमा तीन जना पत्रकारले टेलिभिजनको सामग्री, श्रव्य, दृष्य समाग्री सहित अन्य सञ्चार माध्यममा गएको र तीन दिन भित्र बुझाउन आउन भनि ७२ घण्टे अल्टिमेटम दिइएको थियो ।


एभिन्युज टेलिभिजनबाट प्राइम टेलिभिजनमा पत्रकारीता थालेका पुण्य प्रसाध धमला, बालकृष्ण शर्मा र दिपक अर्याललाई टेलिभिजनको सामन सहित उपस्थित हुन पत्रिकामा सुचना प्रकाशन गरेको थियो ।


यस्तो सुचना आएसँगै पत्रकार महासंघमा समेत हलचल पैदा भएको छ । सञ्चारकर्मीहरुले आफ्नो चरित्र हत्या गरेको भन्दै टेलिभिजन कर्मचारी विरुद्ध पत्रकार महासंघमा उजुरी गरेका छन् ।


पीडित पत्रकारको उजुरीपछि महासंघका सचिव रामप्रसाद दाहालले सोमबार एक विज्ञप्ति जारी गर्दै पत्रकारले राजीनामा नै नगरी सरसामान बरबुझारथ गर्नु भनी सूचना प्रकाशन गरेबाट श्रमजीवी पत्रकारहरुको मानप्रतिष्ठामा आघात पुगेको जनाएका छन् ।

सम्बन्धित खबर

सिफारिस