
दाङ । दाङको कोइलाबास नाकाबाट अवैध रूपमा ल्याइँदै गरेका विभिन्न किसिमका पटाकासहित एक जना अटो चालक पक्राउ परेका छन् ।
रा १ ह ४८१७ नम्बरको अटोमा अवैध रूपमा पटाका ल्याउँदै गरेको अवस्थामा प्रहरीले अटो चालकलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय, दाङका अनुसार पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशस्थित बलरामपुर घर भई हाल तुलसीपुर उपमहानगरपालिका–५ आलुमण्डीमा बस्दै आएका २५ वर्षीय अनुभव अग्रवाल रहेका छन् ।
प्रहरीका अनुसार बरामद गरिएका पटाकाको बजार मूल्य दुई लाख १० हजार १३६ रुपैयाँ बराबर रहेको छ ।