मेस्सीको एक गोलले जितायो बार्सिलोनालाई

दियो पोस्ट  

स्पेनिस ला लिगा फुटलबमा बार्सिलोनाले भालाडोलिडमाथि जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले रियल भालाडोलिडलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सीले निर्णायक गोल गरे । उनले खेलको ४३ औ मिनेटमा पेनाल्टीमा गोल गरे । उनले थप एक पेनाल्टी खेल फाले । यससिजन मेस्सीले व्यक्तिगत ३० औ गोल पुरा गरेका छन् ।

जितसंगै शीर्ष स्थानको बार्सिलोनाले लिग तालिकामा ७ अंकको अग्रता लिएको छ । बार्साले २४ खेलबाट ५४ अंक जोडेको छ । दोस्रो स्थानको एट्लेटिकाको ४७ अंक छ । तेस्रो स्थानको रियल मड्रिडको ४५ अंक छ । एजेन्सी ।

सिफारिस